नम्रताको खुशीको लागी आर्यनले बेचे किड्नी

गत बर्ष अमेरिकामा सम्पन्न लय एञ्जल्स फिल्म फेस्टिभलमा एसियाकै प्रतिनिधित्व गर्दै स्कृनिङको अबसर पाएको नेपाली सर्ट फिल्म 'होक्से' युट्युवमा आएको छ । फिल्मले एक युवतीको पढाई पुरा गर्न एक युवकले किड्नी बेच्नुपर्दाको कथा बोल्छ । 
उल्लेखित भुमिकामा आर्यन सिग्देल र नम्रता श्रेष्ठ फिचरिङमा छन् । ‘होक्से एउटा त्यस्तो गाउँको सत्य कथा हो, जो काभ्रेपलाञ्चोकको नजिकै पर्छ, जहांका वासिन्दा ठगी र बाध्यताका कारण आफ्नो मृगौला बेच्न बाध्य छन् ।  रातो माटो भएका कारण मकैबाहेक केही नफल्ने गाउँका मानिसहरु बाँच्नका लागि पढ्न, बिहेबारी गर्न वा घरमा छानो हाल्नका लागि मृगौला बेच्न बाध्य हुन्छन् । 

सोहि गाउँको यथार्थतालाई पर्दामा उता्र्ने काम निर्देशक प्रशन्न पौडेलले गरेका हुन् । ७ मिनेट १२ सेकेण्ड लामो फिल्म हेर्दा धेरै दर्शकको मनमा चस्को पस्ने ठाउँ छन् ।
Previous
Next Post »