दोश्रो हप्तामै १५० प्रतिशत बढि नाफामा अमिताभको 'पिङ्क'

बलिउड बिग बि अमिताभ बच्चन स्टारर फिल्म 'पिङ्क'ले वक्सअफिसमा कमालको विजनेसलाई जारी राखेको छ । प्रदर्शनको दोश्रो हप्तामा चल्दैगर्दा फिल्मले १ सय ५३ प्रतिशत नाफाको विजनेस गरेको छ ।
 
जम्मा २३ करोडमा बनेको फिल्मले अहिलेसम्म ५३ करोड १० लाखको विजनेस गरिसकेको छ । जुन हिसाबले पनि हालसम्मको फिल्मको नाफा ३२ करोड बढि आउँछ । 
 
'पिङ्क' यसैपनि बर्ष २०१६ को सर्वाधिक नाफा कमाउने फिल्ममा पाँचौं नम्बरमा पर्न सफल भईसकेको छ ।
 
फिल्मलाई अनिरुद्ध रोय चौधरीले निर्देशन गरेका हुन् । १६ सेप्टेम्बरमा फिल्म रिलिज भएको थियो ।

Previous
Next Post »