मुस्ताङ पुगेर हिरो बिना नै एक्लै यसरी नाचिन् शिल्पा (भिडियो)


असोज २१ मा रिलिज हुने फिल्म 'किस्मत २' को तेश्रो गीत रिलिज भएको छ । प्रदर्शनको मिति नजिकिँदै गर्दा निर्माण युनिटले नयाँ गीत रिलिज गरेको हो ।

'दिल नाँचे जस्तो' बोलको गीतमा अभिनेत्री शिल्पा पोखरेल फिचरिङमा छिन् । गीतमा स्वर मिलन अमात्य र फिरोज बस्नेतको छ । संगीत भने अर्जुन पोखरेलले भरेका छन् । 
 
अमित रेग्मीको शब्द समावेश गीतको भिडियो निर्देशन कमल राईले गरेका हुन् । ऋषि लामिछाने निर्देशित फिल्म छबिराज प्रोडक्शनको ब्यानरमा तयार भएको हो । फिल्ममा शिल्पासँगै पृथ्वीराज, किशोर खतिवडा लिड अभिनयमा छन् ।





Previous
Next Post »